१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

मिसन ग्रासरुटबाट एमालेले प्राप्त गर्न चाहेका ११ उपलब्धि


९ फागुन, काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले सञ्चालन गरिरहेको मिसन ग्रासरुटले ११ उपलब्धि प्राप्त गर्ने अपेक्षा गरेको बताएका छन । समाजिक सञ्जाल मार्फत पोखरेलले ११ उपलब्धिको विषयमा व्यख्या गरेका छन ।

महासचिव पोखरेलले मिसन ग्रासरुट केन्द्रीय नेतृत्वलाई आधारभूत तहका कार्यकर्तासंग र आधारभूत तहका कार्यकर्तालाई नेतृत्वसंग अभियान रहेको बताएका छन । उनले यसले समग्रतामा सिंगो पार्टीलाई आम जनतासंग जोड्ने भन्दै भविष्यमा नेकपा(एमाले)लाई बहुमत प्राप्त बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्नेगरी पार्टीको सदस्यतालाई व्यवस्थित गर्ने अभियान भएको उल्लेख गरेका छन ।

पोखरेलले अभियानबाट प्राप्त गर्न खोजेको उपलब्धिको रूपमा व्याख्या गरेका ११ बुँदा तल हेर्न सक्नुहुन्छ ।

-पार्टी सदस्यको वास्तविक अभिलेख प्राप्त हुनेछ । पार्टी सदस्यहरुको विशिष्टकृत क्षमताको पहिचान हुनेछ ।

– नयाँ पुस्तालाई पार्टीमा जोड्ने काम हुनेछ । नेतृत्व विकासको सम्भावना वोकेका युवा नेतृत्वको पहिचान हुनेछ र

– सबै टोल र वस्तीमा पार्टी कमिटी विस्तार गरिनेछ। आधारभूत तहका कमिटीहरुको पुनर्गठनको आधार तयार हुनेछ ।

– पार्टी सम्वद्ध सबै जनसंगठनका आधारभूत तहसम्म कमिटीको संजाल तयार हुनेछ । सबै वर्ग र समुदायका वीचमा जनसंगठन मार्फत पार्टीको प्रभावलाई विस्तार गरिनेछ ।

– स्थानिय तहमा पार्टी एकतावद्ध र सुदृढ हुनेछ र स्थानिय तहमा विद्यमान अन्तरविरोध समाधानमा सहजिकरण गरिनेछ ।

– स्थानिय तहका जनप्रतिनिधिहरुको कामलाई प्रभावकारी बनाउन सहयोग पुग्नेछ । पार्टी र जनप्रतिनिध वीचको सम्वन्ध समधुर हुनेछ ।

– वैचारिक र राजनीतिक स्तर माथि उठाउन सहयाेग पुग्नेछ । आधारभूत तहदेखि नेतृत्व विकास हुनेछ ।

– वर्तमान सन्दर्भमा जनसरोकारका मुद्दाहरु पहिचान हुनेछ । मुद्दामा आधारित जनपरिचालनको काममा तिव्रता आउने छ ।

– आन्दोलन र समाजमा विशिष्ट योगदान गरेका भूईतहका व्यक्तित्वहरुको पहिचान र सम्मान गरिनेछ ।

– यस अभियानको सफलतासंगै अवसरवाद र अराजकतावादमाथि विजयको आधार तयार हुनेछ ।

– समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरागर्न सक्ने गरी एकल बहुमत प्राप्त गर्न सक्ने वलियो राष्ट्रिय शक्तिका रुपमा पार्टीको विकास हुनेछ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलवार २१:४०