१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

एमालेको चुनावी समिक्षाः बागमती प्रदेशभित्र चुनाव हार्नुका यस्ता छन २० कारण


-पवित्रा मुडभरी

१० फागुन, काठमाडाैँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सकिएको तीन महिनापछि नेकपा एमालेको बागमती प्रदेश संगठन कमिटीले प्रदेशभित्रका जिल्लामा चुनावी पराजयको समिक्षा गरेको छ । माघ २९ र फागुन १ गते ललितपुरको च्यासलमा भएको प्रदेश संगठन कमिटीको पूर्ण बैठकबाट सबै जिल्ला कमिटीले पठाएका समिक्षाहरू समेतको संश्लेषण गरेर एमालेले २० कारण सार्वजनिक गरेको छ ।

संगठन सुदृढीकरणमा अघि बढेको एमालेले चुनावी पराजयका कारण सुदृढीकरण अभियानमा उपयोगी सिद्ध हुने निष्कर्षसहित एमाले बागमतीका अध्ययक्ष केशवराज पाण्डेले प्रदेशपरिपत्र २८ मार्फत सबै जिल्लामा पठाएका छन ।

एमालेले उम्मेदवार सिफारिसमै समस्या हुँदा चुनाव हारेको निष्कर्ष निकालेको छ । विगतको तुलनामा एमालेमा बिद्रोही उम्मेदवारको संख्या बढेको, मतदातामा वितृष्णा बढेको, सञ्चार माध्यमले सहयोग नगरेको, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारको बीचमै शंकाको स्थिति, नेतृत्वप्रतिको असन्तुष्टि लगायतका २० वटा कारण पहिचान गरेको छ । यस्ता छन २० कारण ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार ०९:२३