१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

केपी लामिछाने र जितबहादुर बलामीसहित एमाले प्रवेश गरेका २४ जना प्रदेश कमिटी सदस्यका लागि सिफारिस


९ फागुन, काठमाडाैँ । केपी लामिछाने र जितबहादुर बलामीसहित एमाले प्रवेश गरेका २४ जना प्रदेश कमिटी सदस्यका लागि सिफारिस भएका छन । माघ २९ र फागुन १ गते ललितपुरको च्यासलमा बसेको प्रदेश संगठन कमिटीको पूर्ण बैठकले नुवाकोटका लामिछाने र बलामीसहित २४ नेतालाई प्रदेश कमिटी सदस्यमा मनोनित गर्न केन्द्रीय कमिटीमा सिफारिस गरेको हो । मंगलबार एमाले बागमती प्रदेश संगठन कमिटीका अध्यक्ष केशवराज पाण्डेले प्रदेश परिपत्र २८ जारी गर्दै सिफारिसमा परेका २४ नेताको नाम सार्वजनिक गरेका छन ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलवार २०:५२