८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

स्कटल्यान्डले नेपाललाई दियाे २१३ रनको लक्ष्य


९ फागुन, काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा स्कटल्यान्डले नेपाललाई  लागि २१३ रनको लक्ष्य दिएको छ ।

साेमबार त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४६ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै २१२ रन बनायो ।स्कटल्यान्डका लागि जर्ज मुन्जले अर्धशतकीय पारी खेले । ५० बल खेलेका उनले ९ चौंका र २ छक्काको सहयोगमा ६० रन बनाए ।

त्यस्तै म्याथ्यू क्रसले ४२ रन बनाउँदा बर्नान्डो मुलेनले ३१ रनको योगदान गरे । स्कटल्यान्डका काइल कोट्रेज र क्रिस्टोफर म्यकब्राइडले २२–२२ रन जोडे ।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए । त्यस्तै करण केसीले तीन विकेट लिँदा सोमपाल कामी र ललित नारायण राजवंशीले एकएक विकेट लिए ।

नेपाल आजको खेलमा जित निकाल्दै अपराजित हुँदै सिरिजको अन्त्य गर्ने योजनामा छ । यता च्याम्पियन स्कटल्यान्ड पनि जित निकाल्दै लिग २ को अन्त्य गर्ने योजनामा छ । लिग २ मा च्याम्पियन स्कटल्यान्डले ३५ खेल खेल्दै ५० अंक छ । नेपालले २७ खेलबाट २४ अंक छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलवार १२:५१