१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

बैंकहरूकाे अराजक शैली केही सुधार भएको छ हामी सिस्टम सुधार्छाैंः दुर्गा प्रसाईं


९ फागुन, काठमाडाैँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृिति र नागरिक बचाऔँ महाअभियानका संयोजक समेत रहेका चर्चित व्यवसायी दुर्गा प्रसाईले बैंकको सिस्टम सुधारका लागि आफूहरूले अभियान चलाएको बताएका छन । आर्थिक मिडिया सञ्चालक संघ (इमान) सँगकाे छलफलमा मंगलबार प्रसाईले महाअभियानको चेतावनी पछि बैंकहरूकाे अराजक शैली केही सुधार भएको जानकारी दिए ।

उनले ऋण खाएपछि तिर्नुपर्छ भन्ने विषयमा आफू क्लियर रहेको पनि बताए । उनले आफूले अराजक गतिविधि नगर्ने समेत बताएका छन् । बैंकका म्यानेजरलाई कालाेमाेसाे दल्ने अभियान पनि नहुने उनले बताए । ‘बैंकको ऋण तिर्नु पर्दैन भन्दिन, तिर्नुपर्छ’ प्रसाईंले भने, ‘हाम्रो अभियान भनेको बैंकको सिस्टम सुधार्ने अभियान हाे ।’ कतिपय बैंकका कर्मचारीले ऋणीहरुलाई धम्काएकाे प्रति भने आपत्ति रहेको उनले बताए । आफू पनि बैंकको ऋणि रहेको भन्दै उनले नियमित रुपमा ब्याज बुझाइरहेकाे उनले बताए ।

ठूला ऋणीलाई भन्दा पनि साना ऋणीहरुकाे संरक्षण जरुरी रहेकाे भन्दै उनले २० लाखसम्म ऋण मिनाहा गर्नुपर्ने बताए । यसका लागि राज्यले नै सहयाेग गर्नुपर्ने उनको भनाइ छ । धेरै उद्यमीहरुले ऋणका कारण आत्महत्या राेज्नुपरेकाे भन्दै उनले त्यसलाई भयावह स्थिति हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

बैंकहरुकाे अराजक शैली अहिले केही सुधार भएको समेत बताए । ‘पहिले फाेन गर्ने वित्तिकै खाए पछि तिर्नु पर्दैन भन्दै थर्काउथे, अहिले सुरुमा नमस्कार, सन्चै हुनुहुन्छ भनेर बैंकले साेध्न थालेको छ’ उनले भने, ‘अलिकति सुधार भयाे, राम्राे हाे । राति १० बजे ऋणीकाे घरमा गएर थर्काउनेलाई ठिक पार्छन् फेरि ।’

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलवार १२:२२