१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

एनआइसी एशिया लघुवित्त वित्तिय संस्थाद्वारा सञ्चालक नियुक्त


८ फागुन, काठमाडाैं । एनआइसी एशिया लघुवित्त वित्तिय संस्थाले सञ्चालक नियुक्त गरेको छ । लघुवित्तको संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको फागुन ५ गते बसेको सञ्चालक समितिको ५९० औँ बैठकले सन्तोषकुमार राठी र दिनेश भारीलाई संस्थापक समूहमा प्रतिनिधि सञ्चालक मनोनयन गरी पठाउने निर्णय भएको थियो ।

सोहीअनुसार लघुवित्त वित्तीय संस्थाको फागुन ८ गते बसेको १६६औँ सञ्चालक समितिको बैठकले उक्त सञ्चालक पदको बाँकी रहेको कार्यकालसम्मका लागि सिफारिस भएर आएका दुवैजनालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

एनआइसी एशिया बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक कपिल ढकाल र प्रकाश बरालकाको ठाउँमा नयाँ सञ्चालक नियुक्त गरेको हो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार १६:०१