१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

सेयरधनीकाे हात खालि बनाउदै गणपति लघुवित्तले बाेलायाे साधारणसभा, बुकक्लोज कहिले ?


८ फागुन, काठमाडाैं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा बाेलाएकाे छ । संस्थाको फागुन ७ गते बसेको सञ्चालक समितिको बैठकले छैठौँ बार्षिक साधारणसभा चैत्र २५ गते ह्वाईट हाउस पार्टी प्यालेस दुलेगौँडा तनहुँमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

लघुवित्तले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । यसकाे अर्थ यो पटक सेयरधनीहरुको हात खालि हुनेछ । सभाले गत आर्थिक बर्षको नाफा नोक्सान तथा बार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालु आर्थिक बर्षका लागि लेखापरिक्षक नियुक्तिको प्रस्ताव पारित गर्नेछ ।

अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने, तथा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पनि सभामा पेश हुनेछ ।

लघुवित्तले साधारणसभा तथा लाभांश प्रयोजनार्थ चैत्र १६ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ चैत्र १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारण सभाका सहभागि हुन तथा लाभांश पाउन सक्नेछन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार १०:२८