१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

समिट लघुवित्तको सेयर बिक्रीमा, क-कसले दिन पाउँछन् आवेदन ?


७ फागुन, काठमाडौं । समिट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । लघुत्तिले संस्थापक सेयरधनीको नाममा रहेको ८४ हजार ९०० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त सेयर खरिद गर्न इच्छुक ब्यक्तिले आवश्यक कागजात सकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा आवेदन दिन सकिनेछ ।

तोकिएको अवधि भित्र विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिदका लागि कुनै पनि आवेदन नपरको खण्डमा उक्त सेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री गरिने कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आईतवार ११:२३