७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

वीर अस्पतालमा अत्याधुनिक बर्न वार्ड सञ्चालन गरिने


६ फागुन, काठमाडाेँ । वीर अस्पतालमा ‘बर्न वार्ड’ सञ्चालनमा आउने भएको छ । वीर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा सन्तोष पौडेलले तीन महिनाभित्रमा सो वार्ड सञ्चालनमा ल्याउने घोषणा गरेका छन ।

विसं २०७२ को भूकम्पले वार्ड रहेको भवन भत्किएपछि सेवा बन्द भएको थियो । “तीन महिनाभित्र बर्न वार्डसहित सघन उपचार कक्ष (आइसियु), शल्यक्रिया कक्ष हामीले सञ्चालन गर्ने छौँ”, उनले भने, “अब जलन भएका बिरामीको उपचार पनि गर्नेछौँ ।”

अस्पतालले नयाँ भवनबाट वार्ड सञ्चालन गर्ने छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले शुक्रबार डा पौडेललाई अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त गरेका थिए ।  यसअघि वीर अस्पतालको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा भूपेन्द्र बस्नेतले सम्हालेका थिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार ११:२२