१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

वीर अस्पतालको कार्यकारी निर्देशकमा डा सन्तोष पौडेल नियुक्त


५ फागुन, काठमाडाैँ । वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा सन्तोष पौडेल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त भएका छन् । स्वास्थ्यमन्त्री पदम गिरीले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै डा पौडेललाई वीर अस्पतालको कार्यकारी निर्देशक नियुक्त गरेको मन्त्रीका प्रेस सल्लाहकार श्रीधर पाैडेलले जानकारी दिए । डा पाैडेलले यसअघि ट्रमा सेन्टरको समेत नेतृत्व गरिसकेका छन ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार २०:०९