१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

स्कटल्याण्डलाई ३ विकेटले हराउँदै नेपालको शानदार जित


५ फागुन, काठमाडाैं । आईसीसी विश्व क्रिकेट लीग-२ अन्तर्गत आजको खेलमा स्कटल्याण्डविरुद्ध नेपालले शानदार जित निकालेको छ। २७५ रनको लक्ष्य पछ्याएको नेपालले  ३ विकेटको जित निकाल्न सफल भएकाे हाे ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको स्कटल्याण्डले पूरा ओभरमा ९ विकेटको क्षतिमा २७४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले ३ ओभर बाँकी छँदै जित निकाल्न सफल भएको हो।

नेपालको जितमा दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल नायक साबित भए। ऐरीले ११६ बलमा ८५ रनको योगदान दिए। उनी अविजित रहे। उनले ६७ बलमा ८१ रन बनाउन सके। आक्रामक ओपनिङ गरेको नेपालले १०० रनको बनाउँदा ५ विकेट गुमाइसकेको अवस्था थियो। कप्तान रोहित पौडेल आज सस्तैमा समेटिएपछि नेपालको पारी धर्मराएको थियो।

ज्ञानेन्द्र मल्ल पनि ३ बलमा ४ रन मात्र बनाएर आउट भए। ओपनर आशिफ शेखले पनि १४ बलमा मात्र ९ रन बनाएर पेभेलियन फर्केका थिए। तर मध्यक्रमका ब्याटर चम्किएपछि नेपालले पूरा ओभर खेल्नै परेन। बायाँ हाते अलराउन्डर मल्लले ६७ बलमा ९ चौका र ४ छक्का बनाए।

मल्ल स्पिनर मार्क वाटको बलमा ठूलो सट खेल्ने धुनमा टप एज लागेर हम्जा ताहिरबाट क्याच आउट भएपछि शतक नजिक पुगेर पेभेलिएन फर्किनुपरेको थियो ।

स्कटल्यान्डका सातौं नम्बरका ब्याटर माइकल लिस्कले ८५ बलमा ३ चौका र ९ छक्कासहित १ सय ७ रनको शानदार अविजित शतकीय इनिङ खेले पनि हार टार्न भने सकेनन् । नेपालका सन्दीप लामिछानेले ३ तथा कुशल मल्लले २ विकेट लिएका थिए।

नेपाल २६ खेलमा १० मा जित र १४ मा हारसहित २२ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी (पीएनजी) २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अंक जोड्दै पुछारमा रहेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार १७:३४