११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

विष्णु पौडेल एमाले ‘मिसन ग्रासरुट’ अभियानका लागि धनगढीमा


५ फागुन, काठमाडाैं । नेकपा एमालेको आजबाट सुरु हुने ‘मिसन ग्रास रुट’ अभियानका लागि पार्टी उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल धनगढी पुगेका छन् ।

सुदूरपश्चिम प्रदेशमा आजबाट ‘मिसन ग्रासरुट’ सुरु हुँदैछ। सुदूरपश्चिममा उपाध्यक्ष पौडेललाई अनुगमन र सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टलाई फिल्ड कमान्डर तोकिएको छ।

धनगढीमा सुरु हुने अभियानमा केन्द्रीय सदस्य, केन्द्रीय निकायका सबै प्रदेश सचिवालय, जिल्लाका पदाधिकारी र जनसङ्गठनका प्रदेश अध्यक्ष र इन्चार्जको उपस्थिति रहनेछ। केन्द्रीय नेताबाट आज प्रशिक्षित नेताहरूले दुई महिना सबै पालिकामा यस्तै अभियान सुरु गर्ने छन्।अभियानको पार्टी अध्यक्ष केपी शर्माले भर्चुअल सम्बोधन गर्नेछन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार १३:४५