१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

बलेफी हाइड्रोपावर १० करोड २६ लाख नोक्सानीमा


५ फागुन, काठमाडौं। बलेफी हाइड्रोपावर लिमिटेडले चालू आर्थिक बर्षकाे दोस्रो त्रैमासिकसम्मकाे वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त वित्तीय विवरण अनुसार दोस्रो त्रैमाससम्ममा हाइड्रोपावर कम्पनी १० करोड २६ लाख नोक्सानीमा रहेको छ । गत आवको दोस्रो त्रैमाससम्ममा पनि कम्पनी रू. ४ लाख ८९ हजार नोक्सानीमा थियो ।

चालु आवमा कम्पनीको प्रशासनिक खर्च र ब्याज खर्चमा वृद्धि भएकाले नोक्सानी बढेको हो । गत आवमा कम्पनीको प्रशासनिक खर्च रू. २ लाख ७५ हजार रहेकोमा चालू आवमा बढेर रू. २९ लाख ३४ हजार पुगेको छ ।

त्यस्तै कम्पनीले रू. ११ करोड ४२ लाख ब्याज भुक्तानी गरेको छ । त्यस्तै कम्पनीले चालू आवमा विद्युत विक्री बापत रू. १५ करोड ७६ लाख आम्दानी गरेको छ ।

कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ८२ करोड रहेको छ भने जगेडा रू. १९ करोड ६५ लाख ऋणात्मक रहेको छ । कम्पनीकाे प्रतिसेयर आम्दानी रू.५ दशलमव ६१ ऋणात्मक रहेको छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ८९ दशमलव २५ रहेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार ११:५०