
५ फागुन, काठमाडाैँ । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि पाँच जनाको नाम सिफारिस भएको छ । सीईओ छनाैटका लागि गठित सिफारिस समितिले आवेदन दिएका २२ मध्ये ५ जनाको नाम सिफारिस गरेको हो ।
सिफारिस समितिले पहिलो नम्बरमा गोविन्द गुरुङ, दोस्रो नम्बरमा प्रताप सुवेदी, तेस्रो नम्बरमा यज्ञप्रकास न्यौपाने, चाैँथो नम्बरमा बद्रि गुरागाईं र पाँचाैँ नम्बरमा विष्णुदेव यादवको नाम सिफारिस गरेको छ । बैंक सञ्चालक समितिको बैठकले अब पाँच मध्ये एक जनालाई बैंकको सीईओमा नियुक्त गर्नेछ ।
प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार ०७:१०