१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अनेरास्ववियुको अध्यक्षमा समिक बडाल र महासचिवमा नरेश रोकाय विजयी, अन्य पदमा को ?


-किरण देउजा

५ फागुन, काठमाडौँ । अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी भएका छन । निवर्तमान महासचिव वडाल अत्याधिक मतसहित विजयी भएका हुन । काठमाडौँको कमलदाीमा रहेको प्रज्ञा प्रतिष्ठानमा जारी २३ औँ महाधिवेशनले बडाललाई ९६२ मतसहित अनेरास्ववियुको नेतृत्व सुम्पेको हो ।

यस्तै उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायाण घर्ती र मर्यादा विष्ट विजयी भएका छन । त्यस्तै महासचिवमा नरेश रोकाय र कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन । विद्युतीय भोटिङ मेसिन मार्फत मतदान गरिएका कारण केही घण्टामै मतगणना सकिएको हो ।

यस्तै सचिवमा आशिर्वाद सुवेदी, सञ्जिव धिताल, डा सुजन कडरिया, प्रकाश पाैडेल, दीपेश प्रसाई, दीपक धामी, मनोज लिम्बु, अन्जना शिवाकोटी, आरती भट्टराई, विनिता काफ्ले विजयी भएका छन । स्थायी कमिटी सदस्यमा आरके रोमस लगायत विजयी भएका छन । निर्वाचनमा १५१७ मत खसेको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार ०६:१६