१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

१९९ सदस्यीय अनेरास्ववियुको केन्द्रीय कमिटीमा ३९ जना निर्विरोध निर्वाचित 


-किरण देउजा 

४ फागुन, काठमाडाैँ । अनेरास्ववियुको १९९ सदस्यीय केन्द्रीय कमिटीमा ३९ जना निर्विरोध निर्वाचित भएका छन । निर्विरोध हुनेमा धेरैजसो भूगोलबाट निर्वाचित हुने खुला महिला कल्सटरका रहेका छन । अनेरास्ववियुको २३ औँ महाधिवेशनको केन्द्रीय निर्वाचन कमिटीले प्रकाशन गरेको उम्मेदवारको नामावाली अनुसार ३९ जना निर्विरोध भएका छन ।

स्थायी कमिटी सदस्य खुल्लामा ललितनारायण रजक र शमिम खाँ, महिलामा किरणकुमारी कापर, स्थायी कमिटी सदस्य बागमतीमा सुनिता थापा निर्विरोध निर्वाचित भएका छन । त्यस्तै केन्द्रीय कमिटी सदस्यमा प्रदेश १ बाट इन्दिरा खतिवडा, कृतिज्ञा गौतम, झरना प्रधान, दिपा चेम्जोङ र रेखा न्यौपाने निर्विरोध भएका छन ।

६ जना केन्द्रीय सदस्य हुने भए पनि ५ जनाको मात्र उम्मेदवारी परेको छ। त्यस्तै मधेश प्रदेशबाट पनि केन्द्रीय कमिटीमा निर्विरोध निर्वाचित भएका छन । मनिष प्याकुरेल, मुखर्जीप्रसाद यादव, रियाज अन्सारी, विवश सापकोटा, सत्यन्द्र यादव, सुभाष यादव रहेका छन । त्यस्तै मधेश प्रदेशबाटै केन्द्रीय कमिटीको महिला सदस्य पनि निर्विरोध भएको छ । जसमा मनिषाकुमारी शाह, रेणु पोखरेल कायरा र लक्ष्मी तिमिल्सिना रहेका छन ।

यस्तै बागमती प्रदेशको महिला सदस्यमा ५ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन । आङलामु शेर्पा, पार्वती दाहाल, रचना सापकोटा, रोशनी तामाङ र सरस्वती थापा केन्द्रीय कमिटीमा निर्विरोध निर्वाचित भएका छन । त्यस्तै गण्डकी प्रदेशको महिला केन्द्रीय सदस्यमा चार जना निर्विरोध निर्वाचित भएका छन । जसमा अनिता पौडेल, प्रमिला खड्का, शोभिना सुवेदी अनु र सावित्री खत्री रहेका छन ।

त्यस्तै कर्णाली प्रदेशको चार महिला केन्द्रीय सदस्य पनि निर्विरोध निर्वाचित भएका छन । जसमा एलिसा डिसी, गीता राना र प्रतिमा खड्का रहेका छन । एक पदमा उम्मेदवारी नै परेको छैन । यस्तै सुदुरपश्चिमको महिला केन्द्रीय सदस्यमा पनि चार जना निर्विरोध भएका छन । जसमा कल्पना तिमिल्सिना, राधा बोहोरा, भूमिकाकुमारी कुँवर र मनपुराकुमारी शाही रहेका छन ।

यस्तै आदिवासी जनजाती महिलामा पुष्पाकुमारी धामी र श्रृष्टि रानामगर निर्विरोध निर्वाचित भएका छन । त्यस्तै उत्पिडित महिला केन्द्रीय सदस्यमा पुजा सुनुवार निर्विरोध निर्वाचित भएकी छिन । यस्तै मधेशी महिलामा सविता यादव निर्विरोध निर्वाचित भएकी छिन । यस्तै केन्द्रीय कमिटी एकता महिलामा जलसाकुमारी बुढा निर्विरोध भएका छन ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार १५:३०