१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

आज अपी पावरसहित यी कम्पनीकाे भयाे सर्वाधिक कारोबार


३ फागुन, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन बुधबार पनि सेयर बजारमा गिरावट देखिएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज १३.९० अकंले घटेर २०९१.५६ बिन्दुमा बन्द भएको छ । आज २५६ कम्पनीको ४८ लाख १५ हजार १२० कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ७३ करोड २५ लाख ७५ हजार २०२ रुपैयाँको कारोबार भएको छ ।

आज अपी पावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन ६ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएकोछ । त्यस्तै, अरुण काबेली पावरको ५ करोड ४८ लाख रुपैयाँ, एनआइसी एशिया बैंकको ४ करोड ६९ लाख रुपैयाँ र हिमालयन डिस्टलरीको ३ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार १५:१२