१८ चैत्र २०७९, शनिबार | Sat Apr 1 2023

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गर्यो एकीकृत निर्देशन २०७९

३ फागुन, काठमाडाैं । नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन,२०७९ जारी गरेको छ । केन्द्रिय बैंकको बैंक तथा वित्तीय संस्था नियम विभागले एकीकृत निर्देशन, २०७९ जारी गरेको हो । एकीकृत निर्देशन, २०७८ र सो पश्चात २०७९ माघ मसान्तसम्म जारी भएका परिपत्र तथा निर्देशन समेतलाई समावेश गरी परिमार्जन गरेर उक्त निर्देशन जारी गरिएको जनाइएको छ ।

इजाजतपत्रप्राप्त संस्थाले ऋणीको कर्जा तिर्न सक्ने क्षमता, भावी नगद प्रवाह, आम्दानीको स्रोत जस्ता कर्जा प्रवाहका न्यूनतम आधारहरुको विश्लेषण पश्चात कर्जा सदुपयोगको सुनिश्चितता हुने गरी मात्र कर्जा प्रवाह÷नवीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार १३:५५

UniversityCollege.com