
३ फागुन, पोखरा । म्याग्दी कोरोला यातायातको यात्रुबाहक बस दुर्घटना भएको छ । जोमसामबाट पोखरा जाँदै गरेको ना ७ ख ७४४० नम्बरको बस मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर ३ लेतेस्थित कालीगण्डकी नदीमा खस्दा २ भारतीयसहित १७ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक (डीएसपी) रविन्द्रनाथ पौडेलले जानकारी दिए । बस करिब ४५ मिटर तल खसेको हो ।
प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार १२:३८