७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

लाभांश पारित गर्न ग्लोेबल आइएमई लघुवित्तले बाेलायाे साधारणसभा, बुकक्लोज कहिले ?


३ फागुन, काठमाडाैं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा बाेलाएकाे छ । संस्थाको फागुन २ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले आपनो १० औँ वार्षिक साधारणसभा फागुन २४ गते बेस्ट रिसोर्ट प्रा.ली लेकसाईड पोखरामा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभाले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित चुक्तापुँजीको १२ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश(कर प्रयोजनार्थ समेत) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले सर्वसाधारण समुहबाट सञ्चालक समितीमा प्रतिनिधित्व गर्ने सञ्चालकहरु निर्वाचन गर्नुका साथै स्वतन्त्र संचालकको चयन गर्ने, बोनस सेयर वितरणपछि जारी र चुक्तापुँजी पनि वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने छ ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले फागुन १६ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार १०:५४