१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

विद्यार्थी आन्दोलनका सतिसाल हुन आरसी


-किरण देउजा 

आँधी हुरी नचलेको बेला
वातावरण स्तब्ध शान्त भएको घडीमा
एउटा नर्कट पनि
छाती खोलेर ठिङ्ग उभिन सक्छ ।
एउटा कायरले पनि
बहादुरीका लामा–लामा कुरा गर्न सक्छ ।
तर मेरा मित्र !
आँधी हुरी चलिरहेको बेलामा
वातावरण गतिशील अशान्त भएको घडिमा
पहाडको चुचुरोमाथि
आँधी हुरीसँग पौठेजोरी खेल्दै
एउटा सतिसालमात्र ठिङ्ग उभिन सक्छ ।

-नेत्र लाल पौडेल अभागी

अभागी नेपाली कम्युनिष्ट आन्दोलनको पुराना नेता हुन् । उनले यो कविता २०३६ साल आसपासमा लेखेका थिए । तत्कालिन समयमा पार्टीमा बढ्न थालेको बिसंगतिकाविरुद्ध लेखेका थिए । उनको यो कविता अहिले पनि मेल खान्छ । अनेरास्ववियुमा यो प्रवृति अत्याधिक रुपमा देख्न पाइञ्छ । अभागीले उक्त कवितामा भने झैँ अनेरास्ववियुको सतिसाल हुन् आरसी लामिछाने ।

निरन्तर क्रियाशीलताले नै अस्तित्वको निर्माण गर्छ । आरसी लामिछाने निरन्तर क्रियाशिल रहदै आफ्नो अस्तित्व को निर्माण आफैले गरेका हुन् । अहिले वातावरण शान्त र स्तब्ध छ । यो बेला केहि नर्कट प्रवृतिहरुले आकाश थामे झैँ गफ हानिरहेका छन् । तर, ति नर्कटहरु आन्दोलनको दोरानामा मैदानमा होइन, अन्यत्र कतै थिए । आरसी लामिछाने निरंकुश राजतन्त्र विरुद्ध मैदानमा आवाज बुलन्द पारिरहदा, ती कायरहरु कहाँ थिए होलान ?

पार्टी सरकारमा हुँदा संगैका सहकर्मीहरु विभिन्न लाभको पदमा नियुक्ति लिइरहँदा, उनी विद्यार्थीको समस्यामा नै केन्द्रित थिए । आजको दिनसम्म मैनबत्ति झैँ जलेर उज्यालोको ज्योतिदिने, खरानी हुन तयार हुने तर स्वर्थ केन्द्रीत भएर नलाग्ने माैकामिल्दा लाभको पद लिन जे पनि गर्ने प्रवृतिका हैनन् । आन्दोलनको मैदानमा सधै अग्रभागमा रहने उनको विशेषता हो । अहिले नेतृत्व गर्छु भन्नेहरू माैका पाउँदा लाभको पदका निम्ति हाम्फालेका हैनन र ? तर उनी कतै धाएनन् ।

आस्था र निष्ठाको आधारमा इमानको राजनीति गरिरहेका लामिछानेले पदको लागि राजनीति कहिल्यै गरेनन् । आजको दिनसम्म नुर गिर्ने काम गरेका छैनन् । स्वार्थ केन्द्रीत राजनीति बाट टाढा रहेका लामिछाने वास्तबमै इमानको सतिसाल हुन् ।

उनलाई विभिन्न समयमा विभिन्न कमिटीहरुमा नै सक्ने कोसिस गरिएको थियो । तर उनी आन्दोलनको मैदान छाडेर भागेनन्, हतास र निरास भएनन् । उनलाई सक्न योजना बनाएर लाग्नेहरु आज कहा छन ? एकपटक हेरौ त ! आन्दोलनको मैदानमा मात्र होइन, तिनीहरू पार्टीको सम्पर्कमा समेत छैनन् । त्यस्ता प्रवृति विरुद्द सतिसाल भएर मैदानबाटै, संगठनको काम मार्फत जवाफ दिएर आफूलाई स्थापित गरेका हुन् । अरु नर्कटहरुलाई झैँ टपक्क टिपेर किस्तीमा पद पाएका होइनन् ।

उसो भए आरासीलाई अध्यक्ष किन बनाउने त ?

  • विद्यार्थी आन्दोलनको औचित्य पुष्टि गर्न
  • विद्यार्थी आन्दोलनमा नयाँ आयाम थप्न ।
  • जनजीविकाको सवालमा अखिलको पहिलेको झैँ भूमिका स्थापित गर्न ।
  • शैक्षिक आन्दोलनको नेतृत्व गर्न ।
  • विद्यार्थी र अभिभावकलाई भरोशा दिलाउन साथै आकर्षणको केन्द्र बनाउन ।
  • विश्वविद्यालयहरुमा रहेका समस्याको समाधानका लागि पहल गर्न ।
  • विद्यार्थीको न्यूनतम माग स्थापित गर्न ।
  • नेपालको संविधानमा नै रहेको शिक्षा र स्वास्थ्य जस्ता मौलिक हकको रुपमा रहेको विषयवस्तुलाई कार्यान्वयन गर्न राज्यलाई झकझकाउने ।
  • गुणस्तरीय शिक्षा प्रदान गर्न निरन्तर लागिरहने
  • विद्यार्थी आन्दोलनलाई संगठित बनाउने ।

अहिले नेतृत्व चुन्ने मौका छ , यो महत्वपुर्ण बेला अन्यत्र मन डुलाएर हुन् पछि पछुताउनु पर्नेछ । अहिले समय शान्त र स्थिर छ, यो बेला नर्कटहरुले संसार आफैले नै थामे झैँ ठूला ठूला गफ दिइरहेका छन् । देशभरबाट आउनुभएका प्रतिनिधिहरुलाई अहिले उपयुक्त समय छ, अखिलको नेता रोज्ने ।

  • नेता त रोज्ने कस्तो रोज्ने त ?
  • आन्दोलन जोगाउन सक्ने नेता रोज्ने कि , शैक्षिक दलालको नेता रोज्ने ?
  • अखिलको धरोहर, बिरासत जोगाउन सक्ने नेता रोज्ने कि विचमै मैदान बाट भाने नेता रोज्ने ?
  • आफ्ना नेता, कार्यकर्ता, सामान्य विद्यार्थी जोगाउने नेता रोज्ने कि, आफ्नै समकक्षीलाई सक्ने अर्थात समकक्षीलाइ साथ दिएकालाई ज्यान मार्न निर्देशन दिने नेता रोज्ने ?

अन्त्यमा नेत्रलाल पौडेलले भने झैँ यो वाक्य ध्यान दिनु ।

आँधी हुरी चलिरहेको बेलामा
वातावरण गतिशील अशान्त भएको घडिमा
पहाडको चुचुरोमाथि
आँधी हुरीसँग पौठेजोरी खेल्दै
एउटा सतिसालमात्र ठिङ्ग उभिन सक्छ ।

आन्दोलनको नेता चुन्नु । ती सतिसाल भनेका जसको आरसी लामिछाने हुन् ।

(प्रस्तुत विचार लेखकका निजी हुन ।-प्रधानसम्पादक)

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार १०:२०