
२ फागुन, काठमाडाैं । एमालेनिकट अनेरास्वियुको २३औं राष्ट्रिय महाधिवेशन सुरू भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले ड्रोन उडाएर अनेरास्ववियुको महाधिवेशनको उद्घाटन गरेका छन् ।
अध्यक्ष ओलीले महाअधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै नेतृत्व चयनमा समझदारी कायम गर्न आग्रह गरेका छन् । यसअघि अनेरास्ववियु अध्यक्ष सुनिता बरालले पनि सहमतिमै नेतृत्व चयनको प्रयास गरिने बताएकी थिइन् । मतदानमा जानुपरेमा विद्युतीय मेसिन प्रयोग गरिने उनले बताएकी थिइन् ।
महाधिवेशनले नेतृत्वसहित १९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ । आगामी नेतृत्वका लागि आरसी लामिछाने र मोती विश्वकर्मा र समिक बडालले दाबी गरिरहेका छन् ।
प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलवार १५:४५