६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

दोहोरो अंकले घटेकाे बजारमा यी कम्पनीकाे भयाे सर्वाधिक काराेबार


२ फागुन, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज १६.४० अकंले घटेर २१०५.४६ बिन्दुमा बन्द भएको छ ।

नेप्से घटेसँगै यस दिन कारोबार रकम समेत घटेरकाे छ । आज २५५ कम्पनीको ४६ लाख ८५ हजार ८०९ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ७८ करोड ७० लाख १६ हजार रुपैयाँ भएको छ ।

मंगलबार हिमालयन डिष्टिलरीको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन ७ करोड ७५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, ङादी ग्रुप पावरको ७ करोड ७४ लाख, एनआइसी एशिया बैंकको ६ करोड ९० लाख, नेपाल इन्स्योरेन्सको ४ करोड ७२ लाख र अपि पावरको ४ करोड ५१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलवार १५:१०