६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

सेयरधनीकाे हात खालि बनाउँदै बुद्धभूमि नेपालकाे साधारण सभा बस्दै, यस्ता छन् एजेण्डा


२ फागुन, काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको साधारणसभा फागुन ५ गते शुक्रबार बस्ने भएकाे छ । कम्पनीकाे सभा, वालनट बिस्ट्रो एन्ड ब्यांकेटमा बिहान ११ बजेबाट सुरु हुनेछ । कम्पनीले सेयरधनीहरूलाई गत आर्थिक वर्षकाे लागि लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन् । त्यसैले यस आर्थिक वर्षमा सेयरधनस्हरूकाे हात खालि हुने भएकाे हाे ।

सभामा कम्पनीले सञ्चालक समितिको आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पेश गर्नेछ । त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

सर्वसाधारण सेयरधनीहरु (समूह ख) बाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन तथा स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने प्रस्ताव पनि रहेको छ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले माघ १९ गते बुकक्लोज गरिसकेको छ । यसकाे अर्थ माघ १८ गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीहरूले मात्रै सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलवार १३:१०