११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

सयपत्री हाइड्रोपावरको नाफा ४१ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी कति ?


२ फागुन, काठमाडाैं । सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।कम्पनीले सार्वजनिक गरेको उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा ४१ प्रतिशत घटेको छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. २ करोड ४४ लाख नाफा कमाएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा रू. १ करोड ४२ लाखमा सिमित भएको हो । चालू आर्थिक वर्षमा कम्पनीको वित्तीय खर्च बढेकाले नाफा घटेको हो ।

गत आवमा कम्पनीको वित्तीय खर्च रू. १ करोड ४५ लाख रहेकोमा चालू आवमा बढेर रू. १ करोड ५८ लाख पुगेको छ । कम्पनीको चुक्ता पूँजी रू. ३० करोड रहेको छ भने चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. २ करोड ४२ लाख सञ्चिती गरेको छ ।

कम्पनीकाे वार्षिक प्रतिसेयर आम्दानी रू.४ दशमलव ७४, मूल्य आम्दानी अनुपात २१ गुणा, तरलता अनुपात २ दशमलव ८४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. ९३ दशमलव ३० रहेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलवार १२:४२