१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

एनआरएनलाई दोहोरो नागरिकता दिनुपर्छः कांग्रेस नेतृ संग्राैला


२ फागुन, अष्ट्रेलिया । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद डा डिला सग्रौलाले नेपालको आर्थिक तथा सामाजिक विकासका लागि गौरआवसिय नेपालीलाई नागरिकता दिनुपर्ने बताएकी छिन । जनसम्पर्क समिति क्यानवेराले आयोजना गरेको भेटघाट तथा चियापान कार्यक्रममा बोल्दै बिदेशमा रहेका लाखौ नेपालीलाई नेपालमा लगानीको वातावरण बनाउन पनि नागरिकता कोशेढुंगा बन्ने दाबी गरिन ।

उनले समिति र संसदमा लामो छलफलपछि पास भएपनि राष्ट्रपतिबाट रोकिनु दुःखद् भएको बताइन । जनसम्पर्क समिति क्यानवेराका अध्यक्ष ललित मल्लले विदेशमा रहेका नेपालीहरुको देश दुखेको बेला सहयोग गर्ने गरेको भन्दै प्रवासी नेपालीको भावनाको सम्बोधन गर्न ध्यानाकर्षण गराए ।

कार्यक्रममा अष्ट्रेलियाका बिभिन्न राज्य बाँट सहभागी जनसम्पर्क समिति र एनआरएनसम्बद्द नेताहरुले विश्वका ५० भन्दा बढी मुलुकले दोहोरो नागरिकता स्वीकार गरेको भन्दै नेपाले पनि छिटै कानुन बनाउनेमा आसावादी रहेको बताएको जनसम्पर्क समितिका सचिव केदार चापागाईले जानकारी दिए ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलवार १२:२६