१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईको राजा ल्याउने महाअभियान झापाबाट सुरू


१ फागुन, झापा । नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईको राजा ल्याउने महाअभियान सोमबार झापाबाट सुरू भएको छ । पूर्वा राजा ज्ञानेन्द्र शाह र उनको परिवारका सदस्यहरूलाई मञ्चमा राखेर प्रसाईले महाभियानको घोषणा गरे । व्यानरमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृिति र नागरिक बचाऔँ महाअभियान भनेर लेखिए पनि राजा फर्काउने अभियान भएको प्रसाईले बताएका छन ।

एमाले नेता प्रसाईको यो अभियानसँगै एकमात्र राजावादी पार्टी राप्रपाको प्रभावकारितामा भने प्रश्न उठेको छ । राप्रपाले लुकेरमात्र पूर्वराजा ज्ञानेन्द्रसँग उठबस गरिरहेको समयमा एमाले नेता प्रसाईले सार्वजनिक रूपमै पूर्व राजा र उनको परिवारसहितको सार्वजनिक कार्यक्रम नै गरेका छन ।

झापामा सोमबार हजारौँ नागरिकको उपस्थितिमा प्रसाईले अभियानको शुभारम्भ ज्ञानेन्द्रबाट नै गराए । प्रसाईले खुला रूपमा राजावादी अभियान चलाए पनि उनी माथि एमालेले भने कुनै कारबाही गरेको छैन ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार २१:००