१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नुवाकोट एमाले सुदृढीकरणको जिम्मा पाँच केन्द्रीय सदस्यलाई, कुन पालिकामा को ?


१ फागुन, नुवाकोट । नुवाकोटमा नेकपा एमालेको संगठन सुदृढीकरणको जिम्मा पाँच केन्द्रीय सदस्यले पाएका छन । जिम्मेवारी पाउनेमा शर्मिला कार्की, माधव अर्याल, भारती पाठक, हरिकृष्ण व्यञ्जनकार र गीता कार्की रहेका छन । एमाले केन्द्रीय कार्यालयका अनुसार शर्मिला कार्कीलाई बेलकोटगढी नगरपालिका र तारेकश्वर गाउँपालिकको जिम्मेवारी तोकिएको छ ।

त्यस्तै भारती पाठकलाई विदुर नगरपालिका, किस्पाङ गाउँपालिका र म्यागङ गाउँपालिकाको जिम्मेवारी तोकिएको छ । त्यस्तै माधव अर्याललाई दुप्चेश्वर गाउँपालिका, सूर्यगढी  गाउँपालिका र तादी गाउँपालिकाको जिम्मेवारी दिइएको छ ।

यस्तै हरिकृष्ण व्यञ्जनकारलाई ककनी गाउँपालिका र लिखु गाउँपालिकाको जिम्मेवारी तोकिएको छ । त्यस्तै गीता कार्कीलाई पञ्चकन्या गाउँपालिका र शिवपुरी गाउँपालिकाको जिम्मेवारी तोकिएको छ ।

एमालेको दिइएको दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियान यही फागुन ५ गतेबाट शुरू हुँदै छ । अध्यक्ष केपी शर्मा ओलीले अभियान शुरूको दिन फागुन ५ गते १२ः१५ बजे सात प्रदेश र विशेष प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअलमाध्यमबाट एकसाथ सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

पार्टीका करिब ९ लाख संगठित सदस्यसहित देशभरका लाखौं कार्यकर्ताहरूलाई एकैपटक सक्रिय गराउन एमालेले २ महिने अभियान थाल्न लागेकाे हाे । फागुन २ गते फिल्डमा खटिने केन्द्रीय सदस्यहरूलाई आ-आफ्नो प्रदेशमा अभिमुखीकरण गरेर सो अभियान अघि बढ्ने भएको छ ।

केन्द्रीय सचिवालयको बैठकको निर्णयअनुसार सातजना सचिवलाई सात प्रदेशको फिल्ड कमाण्डर तोकिएको छ । समग्र कामको अनुगमन गर्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित उपाध्यक्षहरूलाई प्रदेश तोकेर अनुगमनको जिम्मा दिइएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार १९:३८