१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

भोलिबाट काठमाडाैँमा सार्वजनिक सवारी नचल्ने, मजदुरले जलाए प्रहरी भ्यान (विज्ञप्तिसहित)


१ फागुन, काठमाडौँ । भोलिदेखि काठमाडौँमा सार्वजनिक सवारी नचल्ने भएको छ । ट्राफिक प्रहरीको जयादतीको विरूद्धमा उत्रिएका यातायात मजदुरको आन्दोलनमा प्रहरीले दमन गरेपछि उनीहरूले सोमबार एक प्रहरी भ्यानमा आगजनीसमेत गरेका छन । १० भन्दा बढी मजदुर पक्राउ परेका छन भने प्रहरी दमनमा उत्तिकै संख्यामा मजदुर घाइते भएका छन ।

उनीहरूले ट्राफिक प्रहरीको नियमविरुद्ध आन्दोलन गरेका थिए । प्रहरीले आन्दलोनमा दमन गरेपछि बालाजुको बाइपास माछापोखरी सडकमा आन्दोलनकारीहरूले दुईवटा प्रहरीको गाडीमा आगो लगाएका छन

प्रदर्शनकारीले प्रहरीले सडकमा राखेको डिभाइडर पनि जलाइदिएका छन् । यातायात मजदुरले भोलिदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन्। सोमबार साँझ यातायात मजदुरहरूले विज्ञप्ति जारी गर्दै उपत्यकामा गाडी नचलाउने घोषणा गरेका हुन्। यस्तो छ उनीहरूको विज्ञप्ति ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार १८:२६