१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

ओएनएफ अष्ट्रेलियाले पासपोर्टका विषय गुहार्यो परराष्ट्र मन्त्री


१ फागुन, अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाले पासपोर्ट लगायतको समस्याका वारेमा क्यानवेरा स्थित नेपाली दुतावास मार्फत परराष्ट्र मन्त्री बिमला पौडेल राईलाई ज्ञापनपत्र पठाएको छ ।

मञ्चका अध्यक्ष केशव जोशीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले ज्ञापन पत्र राजदुत कैलाश राज पोखरेललाई बुझाएको हो । ज्ञापन पत्रका पासपोर्ट आबेदन का लागि आवश्यक पर्ने बायोमेट्रिक appointment पर्याप्त मात्रामा उपलब्ध नभएको तथा सर्बसाधारणले दुताबासमा फोन गर्दा फोन सम्पर्क हुन सहज नभएको उल्लेख गरिएको छ । त्यसैगरि अस्ट्रेलिया का विभिन्न सहर र राजधानी को भौगोलिक दुरी को कारण पासपोर्ट प्राप्त गर्ने प्रकिया सहज नभएको एवं राजदुताबास बाट प्रदान गरिने अन्य कन्सुलर सेवा मा सहज पहुँच नभएको समेत उल्लेख गर्दै विभिन्न आठ वटै राज्यहरुका वाणिज्यदुतावासहरुमा पनि आर्थिक कारोवार अनलाइन/मिसिन प्रणाली बाट लिने व्यवस्था नभएको र वाणिज्यदुत ज्युहरुलाई सर्वसाधारणले सम्पर्क गर्ने स्थान र समय निश्चित नभएको समस्यालाई प्रस्तुत गरिएको मञ्चका सचिव प्रकाश पन्थीले बताए ।

सचिव पन्थीका अनुसार राजदुत पोखरेलले दुतावास समस्याहरुका वारेमा जानकार रहेको र समाधानका लागि द्रुतगतिमा काम भैरहेको बताउदै अष्ट्रेलियामा रहेका सामाजिक संघ संस्थाहरुलाई आफ्नो ठाउबाट समाधान गर्न हुनु अनुरोध गरेका थिए । कार्यक्रममा राजदुत पोखरेल सहित नियोगका उप प्रमुख कल मगर, तृतिय सचिव यादव कोईराला समेत रहेका थिए ।

प्रतिनिधी मण्डलमा मञ्चका अध्यक्ष जोशी र सचिव पन्थी सहित अन्तराष्ट्रिय कमिटी सदस्य सिसिर नेपाल, अष्ट्रेलियाका उपाध्यक्ष राम घिमिरे, आर्थिक विभाग प्रमुख दिपक पहारी, क्यापिटल टेरोटेरी इन्चार्ज किशोर भण्डारी, सदस्यहरु सुर्यमोहन शर्मा, प्रकाश सुवेदी, सुभाष सुवेदी तथा मञ्चका क्यापिटल टेरोटेरिका सचिव बाबुराम शर्मा रहेका थिए ।

दैनिकी संग थप कुरा गर्दै अध्यक्ष जोशीले मञ्चले समस्या र तिनका समाधानका लागि गर्नु पर्ने काम सुझाव समेत ज्ञापन पत्रमा बुझाएको छ । जसमा दुतावास तथा बाणिज्यदुतावास सेवाहरूको सामाजिक संजाल मार्फ़त समेत ब्यापक जनचेतना फ़ैलाउने कार्य गर्ने र राजदुतावासको टेलिफ़ोन सेवाको बारे मा धेरैनै जनगुनासो रहेकोले टेलीफ़ोन सेवा outsourcing वा जनशक्ति थप गर्ने रहेको छ । छलफलका क्रममा अत्यावश्यक सेवाका लागि कुनै मोवाईल नम्वरको व्यवस्था गरेर त्यसमा म्यासेज पठाउन सक्ने सम्मको सुविधा दिएर समस्याका वारेमा जानकारी लिने र समाधान गर्ने विषयमा समेत छलफल भएको जोशीले बताए । त्यसै गरि नेपाल बाट अष्ट्रेलिया आऊने बिद्यार्थी, पर्यटक तथा अन्य आगन्तुकहरूको संख्या बढ़ने क़्रम जारि रहेकोले राजदूतावासमा रहेको कर्मचारी दरबंदी बढ़ाउदै राजदुताबास बाट संचालन गरिने घुम्ती सेवाहरु बिस्तार ग़र्ने जसले नेपाली समुदायमा सेवा सहज रुपमा पुग्ने सुझाव समेत दिएको छ ।

यसैगरि वाणिज्यदुतावासहरुको सम्पर्क गर्ने समय सहितको सबै जानकारी भएको वडापत्र जारी गर्ने र आवश्यकता महशुस भए एवं कानुनी रुपमा अनुकुल भएमा दुतावासको काममा सहयोग गर्न अष्ट्रेलियामा रहेका सामाजिक संघ संस्था हरुबाट आलोपालो गरि स्वयंसेवक हरूको आह्वान गर्ने सुझाव दिएको जोशीले बताए ।

उनले मञ्चको मुख्य माग पासपोर्टको वितरणको सहजिकरण भएकोमा राजदुत पोखरेलले आफु आए देखि त्यसमा लागेको र परराष्ट्र मन्त्रालय संग थप सहयोग लिएर समाधानका लागि लाग्ने बताएको जानकारी दिए । प्रतिनिधिमण्डलले मञ्चले गर्दा दुतावासको सेवामा सहयोग पुग्नु कुनै काम भए जानकारी गराउन आग्रह गरेको र त्यसमा मञ्च सधै तयार रहेको प्रतिव्धता समेत व्यक्त गरेका थियो ।

विगतमा दुतावासमा रकम नै बोकेर जानु पर्ने अवस्थाको अन्त्य भएको र मञ्चको माग बमोजिम आगामी दिनमा सबै वाणिज्यदुतावासहरुमा समेत रकम बोकेर जानु पर्ने अवस्थाको अन्त्य हुने जानकारी समेत दिएको प्रतिनिधिमण्डलका सदस्य समेत रहेका आर्थिक विभाग प्रमुख पहारीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार १६:३९