७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

उपप्रधानमन्त्री श्रेष्ठद्वारा जीपलाइन उद्घाटन


१ फागुन, काठमाडाैं । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले कुरिनटारस्थित रिभर फन रिसोर्टमा रहेको जीपलाइन उद्घाटन गरेका छन् ।

हिजो साँझ त्यहाँ पुगेका उनले आज विहान साढे १० बजे जीपलाइन उद्घाटन गर्दै अनुभव पनि लिएकाे कम्पनीका प्रबन्ध निर्देशक शङ्कर अधिकारीले जानकारी दिए । जीपलाइनको अनुभव लिँदै उनले भने, “जीपलाइन गर्न पाउँदा नयाँ र अनौठो अनुभव भइरहेको छ ।”

करिब रू तीन करोड लगानीमा निर्माण भएको रिसोर्टमा एड्भेञ्चर टुरिजम अन्तर्गत जीपलाइनका साथै रोप साइकलिङ, वाल क्लाइमिङ, र्‍याफ्टिङ, स्पिड बोटिङलगायतको सुविधा छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार १३:३१