
२९ माघ, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरद यादव जनमत पार्टीमा प्रवेश गरेका छन् । लोसपा त्यागेका यादवलाई आज जनमत पार्टीका अध्यक्ष सिके राउतले पार्टीमा स्वागत गरेका हुन् । लोसपा छाडेर यादव जनमत पार्टीमा प्रवेश गरेको राउतको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति : २९ माघ २०७९, आईतवार १८:०३