८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने, औपचारिक घोषणा प्रचण्डले भोलि कैलालीबाट गर्ने


२९ माघ, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गेटा मेडिकल कलेजका बारेमा आइतबार सुदूरपश्चिम क्षेत्रका पूर्व तथा वहालवाला जनप्रतिनिधि, विषय विशेषज्ञ र नेपाल सरकारका मुख्यसचिव, शिक्षा तथा स्वास्थ्यसचिवसँग छलफल गरेका छन ।

प्रधानमन्त्रीको सचिवालयले छलफल अत्यन्तै सकारात्मक रहेको जनाएको छ । प्रधानमन्त्री प्रचण्डले गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो शहीद दशरथचन्द राष्ट्रिय विश्वविद्यालयका रुपमा विकास गर्ने गरी सरकारले निर्णय गर्ने बताएका छन । यो सुदूरपश्चिम र सिँगो नेपालकै लागि निकै ठूलो गर्व र खुसीको कुरा भएको प्रचण्डले बताएका छन ।

नेपालमा आजसम्म पनि स्वास्थ्यविज्ञान विश्वविद्यालय नभएको अवस्थामा यो विश्वविद्यालयले दक्ष चिकित्सक, विशेषज्ञ चिकित्सा सेवा र विशिष्टिकृत चिकित्सकीय र जनस्वास्थ्यसँग सम्बन्धित अनुसन्धानको कमी पुरा गर्ने विश्वास लिएको प्रधानमन्त्रीले बताए । प्रधानमन्त्रीको सचिवालयका अनुसार यससम्बन्धी थप घोषणा प्रधानमन्त्री प्रचण्डले भोली सुदूरपश्चिमको कैलाली र कञ्चनपुर भ्रमणका अवसरमा गर्नेछन ।

प्रकाशित मिति : २९ माघ २०७९, आईतवार १३:३८