१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

लघुबित्तका कारण ग्रामिण भेगका मानिस आत्महत्याको बाटोमा पुगे, समयमै सोचाैँः डा चन्द्र भण्डारी


२९ माघ, काठमाडाैँ । नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारीले लघुबित्तका कारण ग्रामिण भेगका मानिस आत्महत्याको बाटोमा पुगेको भन्दै चिन्ता प्रकट गरेका छन । अाइतबार बिहान सामाजिक सञ्जाल मार्फत सरकारको ध्यानाकर्षण गराउँदै नेता डा भण्डारीले सहयोगको नाममा मानिसलाई मृत्युको मुखमा पुर्याउने लघुबित्तकोबारेमा समयमै सोच्नुपर्नुपर्ने बताएका छन ।

उनले भनेका छन, ‘नेपाली आम संचार जगतमा लघुबित्तको कारण ग्रामिण भेगका परिवार बिस्थापित हुने र बिशेषगरी महिलाहरुले आत्महत्या सम्म गरिरहेको समाचारहरु दिनहुँ सार्वजनिक भैरहेका छन । यो समस्या मेरो जिल्ला गुल्मीमा पनि बिकराल बनिरहेको छ । संचार जगतमा सार्वजनिक भएका यी समाचार सत्य हुन भने मुलुक र नागरिकका लागि यो ठूलो अपराध हो । समस्या समाधानका निम्ति मैले सरोकारवाला निकाय संग पटक पटक आग्रह गरिरहेको छु । बिकास, सेवा, र सहयोगका नाममा सोझा नागरिकको घरबास नै उठाउन किमार्थ पाईंदैन । सरकार र जिम्मेवार निकायहरुलेले यसको बिषयमा तत्काल ठोस कदम चालोस,जनता लुट्ने पेशाको साझेदारी जस्तो नबनोस !!! गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु ।’

प्रकाशित मिति : २९ माघ २०७९, आईतवार १०:२०