१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेपाल बैंक र नागरिक लगानी कोषबीच अनलाईन कारोवार सम्झौता


२८ माघ, काठमाडाैँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र नागरिक लगानी कोष बीच अनलाईन कारोवार मार्फत नागरिक लगानी कोषका योगदानकर्ताको रकम जम्मा हुने आधुनिक व्यवस्था कार्यन्वयन गर्न सम्वन्धमा सम्झौता भएको छ ।

सो सम्झौता बमोजिम राष्ट्रसेवक कर्मचारीहरुको कर्मचारी बचत बृद्धि अवकाश कोष कार्यक्रम र राष्ट्रसेवक कर्मचारीहरुको सावधिक जीवन बीमा कार्यक्रमको कट्टी रकमलाई वेबमा आधारित ईसर्भिस सफ्ट्वेयरबाट समेत खातामा जम्मा हुने व्यवस्थाको शुरुवात गरिएको छ ।

माघ २५ गते एक कार्यक्रमका बीच नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नागरिक लगानी कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपालले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रवक्ता प्रकाशकुमार अधिकारीले विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ ।

सो कार्यक्रममा बोल्दै बैंकका प्रमूख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैक र नागरिक लगानी कोष बीचको व्यवसायिक सम्वन्ध नागरिक लगानी कोषको स्थापनादेखि भएको बताउदै बैंकिङ सम्बन्धि कारोबारमा कुनै गुनासो नआउने गरी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । त्यसैगरी नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषले संचालन गरेका कार्यक्रमहरुलाई नेपालकै पहिलो बैंकले सधै साथ सहयोग गर्दै आएको र हालको यो नयाँ अनलाईन कारोवारमा पनि सोहि बमोजिम बैंकिङ सेवा दिनेमा विश्वस्त रहेका बताउनुभयो ।

नेपालभर २२६ शाखाहरु, २०२ ए.टि.एम. साथै ५२ एक्सटेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पु¥याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बंैकिङ सेवा पू¥याई प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । बैंकले छिटोछरितोे र गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवा जनशक्ति मार्फत् नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, यूवा कर्मचारी र आधुनिक प्रविधीको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार २२:५९