१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

होण्डाको अधिकृत विक्रेता मेट्रो अटोले मनायाैँ दशाैँ वार्षिकोत्सव


२८ माघ, काठमाडाैँ । होण्डा कम्पनीका उत्पादन होण्डा मोटरसाइकल तथा स्कुटरहरु बिक्रिको लागि भक्तपुर गठाघरस्थित स्याकार कम्पनीको अधिकृत बिक्रेता मेट्रो अटो सेण्टरको दशौं बार्षिकोत्सव विभिन्न कार्यक्रमहरु सहित मनाएको छ ।

उक्त कार्यक्रमको समुद्वघाटन कार्यक्रमका प्रमुख अतिथी पूर्व उद्योग मन्त्री महेश बस्नेतज्यू र होण्डा स्याकार कम्पनीका अध्यक्ष शौरभ ज्योतिज्यूले संयुक्त रुपमा गर्नुभएको थियो । उक्त कार्यक्रमको सभापतित्व मेट्रो अटोका अध्यक्ष शारदा न्यौपानेले गर्नुभएको थियो ।

मेट्रो अटो सेण्टरका प्रबन्ध संचालक मिलन सिग्देलले मेट्रो अटोले दशौ बार्षिकोत्सव मनाउन लागेकोमा हर्ष बिभोर भएको जनाउदै प्रमुख अतिथी लगायत सबैलाई स्वागत गर्नुभएको थियो । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी बस्नेतले मुलुकको अर्थतन्त्र चलायमान बनाउन अटो व्यवसायले महत्त्वपूर्ण योगदान गरेको सन्दर्भ उठाउदै पछिल्लो समयमा सरकारको नीतिको कारणले असहज भए पनि नयाँ सरकार बनेपछि अर्थमन्त्रीले केही खुकुलो नीति अप्नाएकोले छिटै अटो ब्यवसाय पुरानो लयमा फर्किने र राजस्वमा पहिले जस्तै महत्वपूर्ण योगदान पुर्याउने आशा गरिएको छ ।

यसै सन्दर्भमा स्याकार कम्पनीका अध्यक्ष तथा नाडाका पूर्व अध्यक्ष शौरभ ज्योतिले अटोमोबाइल व्यवसायले रोजगारी तथा राजस्वमा पुर्याएको योगदानको बारेमा चर्चा गर्नु हुँदै भक्तपुर जिल्लामा मेट्रो अटो सेण्टरले ग्राहक बर्गलाई पुर्याएको उत्कृष्ट सर्भिस, स्पेयर पार्ट्स र सेल्सको योगदानको उच्च प्रशंसा गर्नुभयो र यस क्षेत्रमा होन्डाको बजार शेयर झन्डै ३९ प्रतिशत पुर्याउनु भयेकोमा सम्पुर्ण टिम लाई धन्यवाद र आभार ब्यक्त गर्नुभयो ।

यसै अवसरमा होण्डा मेट्रोको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव कल्याण समाजका संस्थापक अध्यक्ष सुमित्रा चौलागाईं मार्फत मेट्रो अटोबाट रु. २५ हजार र स्याकार ट्रेडिङ्ग कम्पनीको तर्फबाट रु. ५० हजारको चेक हस्तान्तरण गरिएको थियो । अन्तमा सबैलाई धन्यवाद दिदै मेट्रो अटोका प्रबन्ध निर्देशक अध्यक्ष शारदा देबी लुइटेलले मेट्रो अटोबाट सदैब भक्तपुरबासीलाई गुणस्तरीय सेवा दिने प्रतिवद्वता व्यक्त गर्दै सभा विसर्जन गर्नुभयो ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार २२:४७