७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

तेस्रो हारपछि पारसको प्रतिक्रिया, अन्तिम खेल जित्ने प्रयास हुनेछ (भिडियोसहित)


२७ फागुन, काठमाडौँ । एकदिवसीय विश्वकप क्रिकेट छनोटको आफ्नो तेस्रो खेलमा पनि नेपालले हार व्यहोरेको छ । शनिबार अफगानिस्तानसँग पराजय व्यहोरेपछि नेपाली टोलीका कप्तान पारस खड्काले अन्तिम खेलमा जितका लागि प्रयास हुने बताएका छन ।

निरन्तर पराजयका कारण नेपालको सुपर सिक्समा पुग्ने सम्भावना निकै कमजोर भएको छ । उनले शनिबारको प्रतियोगितामा थप ३०/४० रन नेपालको तर्फबाट जोड्न सकेको भए नतिजा अर्कै हुने बताए । सुरुवात राम्रो गरे पनि नेपाली टिमले त्यसलाई निरन्तरता दिन सकेन ।

पारसको प्रतिक्रिया 

 

प्रकाशित मिति : २६ फाल्गुन २०७४, शनिबार २२:४४