
-किरण देउजा
१२ माघ, काठमाडाैँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २३ औं महाधिवेशनको मिति नजिकिँ सँगै चुनावी सरगर्मी बढेको छ । ७ वर्षपछि हुन लागेको महाधिवेशनबाट प्रत्यक्ष नेतृत्व चयन हुने पक्का भएसँगै चुनावि माहोल तातिएको छ । यो महाधिवेशन निर्वाचनमा मात्र केन्द्रीत हुनेछ । विधान अधिवेशन गत असोज (१(२) काठमाण्डौंमा सम्पन्न भैसकेको छ ।
गत माघ १५ गते पार्टी कार्यालयले आयोजना गरेको भर्चुअल बैठकमा सहभागी अनेरास्ववियूका पदाधिकारीहरुलाई अध्यक्ष केपी ओलीले महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा गर्न निर्देशन दिएका थिए । ओलीले एमालेमा कुनै गुट नरहेको र गुटबन्दीलाई स्थान समेत नदिने भन्दै अनेरास्ववियुको महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धाबाट श्रेष्ठता कायम गर्न विद्यार्थी नेताहरूलाई आग्रह गरेका थिए ।
उक्त बैठक पछि विद्यार्थी नेताहरू पार्टिले कुनै अमुक ब्यक्तिलाई टिका नलगाइदिने भयो भनेर खुशी समेत भएका छन । मातहतका कमिटी गठन पुर्नगठन सकियो । अखिल केन्द्रिय कार्यालय उप प्रमुख सन्जिव धितालका अनुसार केन्द्रिय कमिटि बैठकको सर्कुलर अनुरुप “माघ १५ भित्र सम्मेलन गर्न बाकि कमिटीहरु को सम्मेलन सक्ने , नसक्ने कमिटिलाई महाधिवेशनमा प्रतिनिधि आउन बन्देज गर्ने निर्णय संगै केन्दिय कमिटि मातहतका कमिटीहरुको सम्मेलन सकिएको छ” ।
धितालका अनुसार यि कमिटीको सम्मेलन, गठनपुर्नगठन सम्पन्न भएको छ । ७९ जिल्ला कमिटि (जसमा ७७ जिल्ला कमिटी, १ काठमाण्डाैँ क्याम्पस जिल्ला कमिटी र १ त्रि वि जिल्ला कमिटि ) प्रदेश कमिटि (७ प्रदेश कमिटि र १ उपत्यका विशेष) ७ राष्ट्रिय सम्पर्क समन्वय कमिटि (जसमा मधेशी, थारु, मुस्लिम, अल्पसंख्यक , अपाङ्ग ,उत्पिडित र साँस्कृतिक कमिटि ) राष्ट्रिय कमिटि (जसमा नेपाल संस्कृत, पुर्वाञ्चल, पोखरा, सिटिइभिटि, सान, कृषि वन, मध्यपश्चिम, सुदुरपश्चिम र लुम्बिनि बौद्द विश्वविद्यालय )
अनेरास्ववियुमा प्रतिनिधि छनौट सकिएको छ । कार्यालय उपप्रमुख संजिव धितालका अनुसार यो महाधिवेशनमा १५७९ प्रतिनिधि सहभागी हुनेछन । जसमा ५०९ आयोजक कमिटिका बाकि प्रदेश कमिटि , जिल्ला कमिटि क्याम्पस कमिटिबाट छनौट भएका हुन् ।
यसपटक अखिलले पदाधिकारी संख्या घटाएकाले आकांक्षी व्यवस्थापनमा समस्या देखिएको छ । गएको असोज (२–४) काठमाण्डौमा सम्पन्न विधान महाधिवेशनले पदाधिकारी संख्या ३२ बाट १७ मा झार्ने निर्णय गरेको छ । उक्त निर्णयअनुसार, एक अध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, दश सचिव जसमा ३ महिला अनिवार्य र एक कोषाध्यक्ष चयन हुनेछ ।
नेतृत्व छनोटमा निर्वाचन पक्का !
पार्टी अध्यक्ष केपी ओलीले माघ १५ को अखिल पदाधिकारीहरु संगको बैठकमा, अखिल महाधिवेशनमा निर्वाचन हुने कुनै नेताले पनि नबोक्ने बताएपछि निर्वाचनको माहोल एकाएक बढेको हो । “;निर्वाचनको माहोल तयार पार्न फलामको च्युरा सरह थियो , अब निर्वाचन हुने पक्का भयो , यसले अनेरास्ववियु र विद्यार्थी आन्दोलनमा नया उर्जा थप्छ ” । अध्यक्षको लागि तयारी गरिरहेका वरिष्ठ उपाध्यक्ष आरसी लामीछानेले बताए ।
पदाधिकारीमा आकांक्षी बढ्न थाले
अध्यक्षको लागि तयारी गरिरहेकाहरुमा आरसी लामिछाने, वाङछु योञ्जन, लोकेश निरौला, झपिन्द्र खत्री, उमेश आचार्य, मोति विक र समिक बडाल छन् । “अहिले ज(जसले इच्छा ब्यक्त गरे पनि लास्टमा २÷३ जना या २ जना मात्र रहन्छन् कि ! अन्तिममा अध्यक्षको आकान्क्षीहरु बीच सहमती भए अचम्म नमाने पनि हुन्छ” । पदाधिकारीमा तयारी गरिरहेका एक विद्यार्थी नेताले भने ।
आरसी लामिछाने वर्तमान कमिटिका वरिष्ठ उपाध्यक्ष हुन् भने वाङछु योञ्जन लोकेश निरौला, झपिन्द्र खत्री, उमेश आचार्य, मोति विक वर्तमान कमिटिका उपाध्यक्षहरु हुन् । कमिटिका महासचिव समिक बडालले समेत अध्यक्षको लागि तयारी गरिरहेका छन् । एक (१) महासचिव लागि सुदर्शन सिवाकोटी, गोबिन्द गिरी, धर्म गिरी, भाष्कर खनाल, नरेश रोकाया, नारायण घर्तीले तयारी गरिरहेका छन् । आरसी लामिछाने, वाङछु योञ्जन, लोकेश निरौला, झपिन्द्र खत्री, उमेश आचार्य, मोति विक र समिक बडाल छन् ।
आरसी लामिछाने वर्तमान कमिटिका वरिष्ठ उपाध्यक्ष हुन् भने वाङछु योञ्जन लोकेश निरौला, झपिन्द्र खत्री, उमेश आचार्य, मोति विक वर्तमान कमिटिका उपाध्यक्षहरु हुन् । कमिटिका महासचिव समिक बडालले समेत अध्यक्षको लागि तयारी गरिरहेका छन् ।
चार (४) उपाध्यक्षको लागि वर्तमान कमिटिका पदाधिकारीहरु तपेन्द्र शाही, एल बि सिंह, मर्यादा बिष्ट, डम्बर अधिकारी, जेनिस लामा र रामशरण चौधरीले तयारी गरिरहेका छन् । एक (१) महासचिव लागि सुदर्शन सिवाकोटी धर्म गिरी, भाष्कर खनाल, नरेश रोकाया, नारायण घर्तीले तयारी गरिरहेका छन् । सबैभन्दा पेचिलो लडाँइ चै सचिव मा देखिन्छ । १० (७ खुल्ला जसमा ३ महिला अनिवार्य ) जनाको संख्यामा बर्तमान कमिटीका स्थायी कमिटी सदस्यहरु तथा सचिवालय सदस्यहरु धेरैको रोजाई सचिवमा देखिन्छ ।
सचिवमा दाबी गरिरहेकाहरूको सूची तल हेर्न सक्नुहुन्छ ।
- अञ्जु पाण्डे
- अञ्जना सिवाकोटी
- सञ्जय दवाडी
- सरोज पोखरेल
- सजिना थापामगर
- सन्तोष राना क्षेत्री
- घनश्याम पुन
- नविन योगी
- प्रेम खड्का
- पंकज भण्डारी
- नरेन्द्र न्यौपाने
- वीरेन्द्र रावल
- संजिव धिताल
- बिनिता काफ्ले
- रीता ढकाल
- मदन विष्ट
- विष्णु दाहाल
- हिरा चौलागाईं
- प्रकाश पौडेल
- विदुर भट्टराई
- आशिर्वाद सुवेदी
- रोमशकुमार खतिवडा (आरके रोमश)
- दिपेश प्रसाईं
- जिबि गजल
- प्रकाश भुजेल
- सागर भट्ट
- ओमप्रकाश घिमिरे
- राजेन्द्र गजुरेल
- नवराज ढकाल
- जयराम बास्तोला
- सौगात कार्की
- गोविन्द थपलिया
- मनोज राई
- रक्षा बम
- कल्पना पाल
- टुकलाल गैरे
- विनोद भण्डारी
- स्वरूप सुयाल
- प्रकाश भट्ट
- सन्तोष पौडेल
- रमेश श्रेष्ठ
- सुन्दर घिमिरे
- शालिकराम पराजुली
- हरिशचन्द्र घिमिरे
- आरपी अधिकारी यादव
- एकराज दाहाल
- प्रकाश श्रेष्ठ
- गोकर्ण घिमिरे
- मनोज ताम्ली
- निता घतानी
- मोहित साह
- आरती भट्टराई
- अञ्जु गौतम
- रविन्द्र सुवेदी
- श्री माङ्गयुब लिम्बु
- उज्वल कार्की
- आरती भण्डारी
- अशेष गोइत
- नम्रता महर्जन
- सुमनराज कार्की
- सुन्दर खड्का
- रुपक खनाल
- विनायक आचार्य
- सुन्दर घिमिरे
- भुषण सुवेदी
- सुजन कार्की
- सन्तोष पौडेल
- प्रज्वल फुयाँल
- विभा प्याकुरेल
- अभिषेक सुवेदी
- किरण सापकोटा
- सागर भट्ट
- धुपेन्द्र शाही
प्रकाशित मिति : २८ माघ २०७९, शनिबार १९:५३