१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

-ताराप्रसाद वस्ती

विछोडको चर्चा धेरै फैलिएछ जनजन

नभन भो कैल्यै अब तिमी मेरो आफ्नो बन ।

प्रेमिल डुङ्गा सँगै तर्ने मनमा धोको थियो भने

फाइदा किन लियौ भन भजाइ मेरो सोझोपन ।

बहाना नि कतिकति अझै कति होलान बाँकी

कसैलाई नि नसिकाउ भो मायाजालमा परिरहन ।

अब तिमी बाँकी छैनौ आँशु सँगसँगै बग्यौ

खुशीको त्यो रथ चलाउ अझै रमाइ-रमाइकन ।

फेरि भन्छु नखोज है बिर्सिदेउ अब मलाई

सम्हालेर राख बरू बहकिने तिम्रो मन ।

बिछोडको चर्चा धेरै फैलिएछ जनजन

नभन भो कैल्यै अब तिमी मेरो आफ्नो बन ।

(वस्तीको गीतसंग्रह तारापुञ्जबाट साभार- प्रधानसम्पादक)

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार १५:०१