८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

सांग्रिला डेभलपमेन्ट बैंकले घोषणा गर्याे लाभांश, नगद र बोनस कति ?


२७ माघ, काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

बैंकको माघ २६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कायम चुक्तापुँजीको ८.५३४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४४९ प्रतिशत गरी कुल ८.९८३ प्रतिशत लाभांशवितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत पाए भएपश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाइ वितरण गरिने कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार १०:३५