१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सुदूरपश्चिम सरकार एक महिनामै ढल्याे, मुख्यमन्त्री रावलले पाएनन् विश्वासको मत


२६ माघ, धनगडी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले प्रदेशसभाबाट विश्वासको मत पाएनन् । बिहीबार बसेको प्रदेशसभाको बैठकमा उनले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएको सभामुख भीम भण्डारीले घोषणा गरेका हुन् ।

गत २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त रावलले बिहीबार (२६ माघ)भित्र प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्ने थियो । तर, सरकार बनाउँदा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीका सांसद भने बैठकमा अनुपस्थित भएका कारणले रावलले विश्वासको मत पाउन सकेनन् । योसँगै रावल मुख्यमन्त्रीबाट पदमुक्त भएपछि सुदूरपश्चिम सरकार एक महिनामै ढलेको छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार १८:०७