११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

माया खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड, कतिले पाए सेयर ? यसरी हेर्नुहाेस् नतिजा


२६ माघ, काठमाडाैं ।  माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड सम्मन्न भएकाे छ । धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा कम्पनीकाे आईपीओ बिहान १० बजे बाँडफाँड गरिएको हो। कम्पनीले गत माघ १३ गतेदेखि माघ १७ गतेसम्म सर्वसाधारणलाई सााधारण सेयर (आईपीओ) बिक्री गरेको थियो।

क्यापिटलका अनुसार कम्पनीको आईपीओमा १२ लाख ८४ हजार २३० आवेदकबाट कुल १ करोड ४२ लाख ३ हजार ६९० कित्ता सेयरका लागि आवेदन परेको थियो। जसमा अन्तिम बाँडफाँडका लागि १२ लाख ७८ हजार ६८८ आवेदकबाट परेको १ करोड ४१ लाख १७ हजार ३९० कित्ता सेयर योग्य भएका छन्।

मागभन्दा बढी आवेदन परेका कारण कम्पनीकाे आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। गोलाप्रथाबाट बाँडफाँड गर्दा १ लाख ९९ हजार २०० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। भने १० लाख ७९ हजार ४८८ जनाको हात खाली भएको छ। आईपीओकाे नतिजा केहि समयपछि प्रकाशन हुनेछ ।

नतिजा प्रकाशन भएपछि बिक्रि प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट https://www.prabhucapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ । मेरो सेयरको वेबसाइटबाट आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार १०:२३