८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

परराष्ट्रमन्त्री पौड्याल र बेलायतका रक्षामन्त्री मोरिसनबीच भेटवार्ता


२६ माघ, काठमाडाैँ । परराष्ट्रमन्त्री डा विमला राई पौड्याल र संयुक्त अधिराज्य बेलायतका रक्षामन्त्री एण्ड्र्यू मोरिसनबीच भेटवार्ता भएको छ ।सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बुधबार भएको भेटवार्तामा दुईपक्षीय सहकार्य र आपसी हितका विषयमा छलफल भएको मन्त्री पाैड्यालको प्रेस संयोजक यशोदा अधिकारीले दैनिकीलाई जानकारी दिइन ।

भेटमा मन्त्री पौड्यालले कोभिड १९ महामारीका समयमा नेपालमा सहयोेग गरेकामा बेलायत सरकारलाई धन्यवाद ज्ञापन गरेकी थिइन । बुधबार नै परराष्ट्रमन्त्री पौड्यालसँग नेपालका लागि गणतन्त्र पोल्याण्डका गैरआवासीय राजदूत अदाम बुराकोवस्कीले बिदाइ भेट गरेका थिए । यस्तै मन्त्री पौड्याल र युरोपेली आयोगकी अन्तर्राष्ट्रिय साझेदारीका आयुक्त जुट्टा उर्पिलेननबीच पनि आज भेटघाट भएको थियो ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार ०८:५३