
२५ माघ, काठमाडाैँ । राप्रपा निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले निर्देशन समिति आज विस्तार गरेका छन । निर्देशन समितिका अध्यक्ष लोहनीले समितिमा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, उपाध्यक्ष बुद्दिमान तामाङ, उपाध्यक्ष एवं सहरि विकास मन्त्री विक्रम पान्डे, उपाध्यक्ष एवं कानुन मन्त्री धुर्व वा.प्रधान, उपाध्यक्ष रोशन कार्की, उपाध्यक्ष हेमजंग गुङ, उपाध्यक्ष मुकुन्द श्याम गिरि सदस्यमा चयन भएका छन ।
त्यसैगरी अध्यक्ष लोहनीले महामन्त्री धवल शमशेर राणा, महामन्त्री एवं वाग्मती प्रदेश सभामुख भुवन पाठक, महामन्त्री कुन्ति कुमारी शाही, महामन्त्री राजेन्द्र गुरुङ, महामन्त्री प्रल्हाद साहा, महामन्त्री शरदराज पाठक चयन भएका छन ।
त्यस्तै वरिष्ठ नेता दिपक वोहरा, जयन्त चन्द, निरन्जन थापा, उद्दव पौडेल र राम कुमार सुब्बा सदस्यमा चयन भएका छन । निर्देशक समितिको आमन्त्रित सदस्यमा कोषाध्यक्ष निलकण्ठ काफ्ले र ऋषिवावु परियार लाई मनोनयन गरेका छन । राप्रपा विधानको धारा ४१ अनुसार उनले यो समिति विस्तार गरेका हुन।समितिमा विधानत पार्टीका अध्यक्ष तथा पुर्व अध्यक्ष र पार्टी वाट चुनियका प्रधानमन्त्री पदेन सदस्य रहने व्यवस्था छ।जस अनुसार पुर्व प्रम लोकेन्द्रबहादुर चन्द, पुर्व अध्यक्ष पशुपतिशमशेर राणा र अध्यक्ष राजेन्द्र लिङदेन पदेन सदस्य रहने प्रवक्ता मोहनकुमार श्रेष्ठले विज्ञप्ति मार्फत जानकारी दिएका छन ।
निर्देशन समितिले नीति निर्माण गर्ने,सरकारमा सहभागीता वा राजनीतिक नियुक्ति को लागि सिफारिस सहित निर्णय गर्ने उल्लेख छ। यो संगै राप्रपाको अब सरकार सम्वन्धि महत्त्वपूर्ण विषयहरुमा अन्तिम निर्णय गर्ने अधिकार निर्देशन समितिमा रहको छ।
प्रकाशित मिति : २५ माघ २०७९, बुधबार १८:४१