१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सेयर बजारको समस्या बोकेर केपी ओलीको ध्यानाकर्षण गराउन बालकोट पुगिन राधा पोखरेल


२५ मा, काठमाडाैं । नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले सेयर बजारको समस्या बोकेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीको ध्यानाकर्षण गराउन अोली निवास बालकोट पुगेकी छिन । उनले राज्यको सेयर बजार प्रतिको गलत बुझाइ र नितिका कारण लगानीकर्ताले समस्या भाेग्नुपरेकाे भन्दै अोलीको ध्यानाकर्षण गराइन ।

अध्यक्ष पोखरेलले ओलीको ध्यानाकर्षण गराउँदै सामाजिक सन्जाल टुइटरमा लेखेकी छिन, “राज्यको सेयर बजार प्रतिको गलत बुझाई र नितिका कारण लगानीकर्ताले भोग्दै आइरहेका समस्या र लगानीकर्ताहरुको जायज मागलाई नियामक निकाय हुदै अदालत सम्म पुगेर ढिला सुस्ती र राज्यले चाल्नु पर्ने नीतिगत स्थायित्वको बारेमा आज पूर्व प्रधानमन्त्री के पी शर्मा ओलिज्यू सँग भेटघाट गर्दै ।”

पछिल्लाे केही समय यता सेयर बजारमा उतारचढाव देखिइरहेको छ । बजारमा अहिले लगानीकर्ताहरू ‘पर्ख र हेर’ काे अवस्थामा देखिन्छन् । अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएसँगै सेयर बजारमा केही सकारात्मक संकेतहरू देखिएका छन ।

पौडेल अर्थमन्त्री हुँदा लगानीकर्ताले सेयर बजारका लागि भाग्यमानी र सेयर बजारमैत्री अर्थमन्त्री आएको बताउँदै आएका थिए। २०७३ सालमा पौडेल अर्थमन्त्री हुँदा सेयर बजारले अलटाईम हाई रेकर्ड बनाएकोले पनि उनकाे आगमनले सेयर बजारमा केही राहत मिल्ने अपेक्षा लगानीकर्ताहरूले गरेका थिए । तर पछिल्ला केही दिन यता सेयर बजारमा घटबढको उतारचढावले लगानीकर्तामा पुनः निराश छाएको छ ।

सरकार र नियामक निकायले पुँजीबजार सुधारको लागि केहि कदम नचाल्दा लगानीकर्ताहरुको मनोबल खस्किदै गएको जानकारहरूले बताउँदै आएका छन् ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार १६:२७