१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

विश्वकप छनोटमा अफगानिस्तानसँग नेपाल ६ विकेटले पराजित


२६ फागुन, काठमाडौं । विश्वकप छनोटमा अफगानिस्तानसँग नेपाल ६ विकेटले पराजित भएको छ ।


नेपालले दिएको १९५ रनको लक्ष्य अफगानिस्तानले मात्र ३८.४ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।
उसको सुरुवात औषत रहृयो । रसिद खान र जाभेद अहमदीले पहिलो विकेटका लागि २८ रनको साझेदारी गरे । खानलाई छैटौं ओभरको दोस्रो बलमा करण केसीले आउट गरे ।
नयाँ ब्याट्सम्यान राहमत साहले दोस्रो विकेटका लागि अहमदीसँग ६५ रनको सझेदारी गरे । अहमदी २६ रनमा आउट भए । थप १८ रन जोड्दा साह ४६ रन बनाएर पभेलियन फर्किए ।
अर्को खेलमा हङकङ जिम्बाब्वेसँग हार नजिक छ । यदि यो खेल जिम्बाब्वले जित्यो भने सुपर सिक्समा पुग्ने तेस्रो टोलीको टुंगो नेपाल र हङकङबीचको खेलबाट लाग्नेछ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७४, शनिबार २०:००