
१७ माघ, काठमाडाैं । सोल्टी होटल लिमिटेडले सेयरधनीहरूको बैंक खातामा नगद लाभांश पठाएको छ । पुस २८ गते सम्पन्न कम्पनीकाे ४८ औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई २१.३१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
साधारण सभाबाट पारित साेही २१.३१५ प्रतिशत नगद लाभांश कर काटेर हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको सम्बन्धित बैंक खातामा लाभांश जम्मा गरिएको कम्पनीले जनाएको छ ।
हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने सेयरधनीहरुलाई सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन कम्पनीले अनुरोध गरेको छ ।
प्रकाशित मिति : १७ माघ २०७९, मंगलवार ०९:१५