७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नेप्सेले गर्याे ३ कम्पनीको सेयर कारोबार फुकुवा, मंगलबारबाट कारोबारमा आउने


१६ माघ, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले थप ३ कम्पनीकाे काराेबार फुकुवा गरेकाे छ । नेप्सेले प्राइम लाइफ इन्स्याेरेन्स कम्पनी, गुराँस लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे काराेबार फुकुवा गरेकाे हाे ।

नेप्सेले यी ३ वटै कम्पनीकाे आधारभूत सेयरधनीबाहेकको सेयरधनीहरूको सेयर कारोबार फुकुवा गरेको हो । अब भोलि मंगलबारबाट यी कम्पनीको सेयर कारोबारमा आउनेछन्।

नेपाल धितोपत्र बोर्डले जारी गरेको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने /गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ ‘ बमोजिम काराेबार फुकुवा गरिएकाे नेप्सेले जनाएकाे छ ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार १६:४३