१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

नेप्सेमा २ कम्पनीकाे बाेनस सेयर सूचिकृत, कुनकाे कति कित्ता ?


१६ माघ, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) २ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा आज किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र सिभिल बैंक लिमिटेडकाे बाेनस सेयर सूचिकृत भएको हाे ।

१) किसान लघुवित्त वित्तीय संस्था लिमिटेड

नेप्सेमा किसान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २० प्रतिशत बोनस बापतको ७ लाख ८५ हजार ६ सय १७ दशमलव ७५ कित्ता सेयर सूचिकृत भएको हो ।

२) सिभिल बैंक लिमिटेड

नेप्सेमा सिभिल बैंक लिमिटेडकाे ५ प्रतिशत बाेनस बापतकाे ४५ लाख ३७ हजार ९ सय २१ दशमलव ९५ कित्ता सेयर सूचिकृत भएकाे हाे । सिभिल बैंकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार १५:३५