६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

२१ अर्ब १० करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, बोलकबोल सोमबार


१५ माघ, काठमाडाैं ।  नेपाल राष्ट्र बैंकले माघ १६ गते सोमबार २१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। राष्ट्र बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिल जारी गर्न लागेकाे हाे । केन्द्रीय बैंकले माघ १७ गते मंगलबार जारी हुने ट्रेजरी बिलको बोलकबोल भोलि माघ १६ गते सोमबार गर्ने भएको हो।

राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्नेछ। याे फागुन १६ गते परिपक्व हुनेछ । ९१ दिनका लागि ५ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्नेछ। याे २०८० वैशाख १९ गते परिपक्व हुनेछ । बैंकले १८२ दिनका लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्नेछ। याे २०८० साउन १६ गते परिपक्व हुनेछ भने बैंकले ३६४ दिनका लागि ६ अर्ब रूपैयाँबराबरको ट्रेजरी बिल जारी गर्नेछ। याे २०८० माघ १६ गते परिपक्व हुनेछन्।

यी ट्रेजरी बिल भोलि दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

प्रकाशित मिति : १५ माघ २०७९, आईतवार १६:०५